२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब कक्षा १ देखि ९ सम्मको परीक्षा नगरपालिकाले लिने

अ+ अ-

काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै विद्यालयको अर्धवार्षिक र वार्षिक परीक्षा नगरले लिने निर्णय गरेको छ।

विद्यार्थीको क्षमताको निष्पक्ष मूल्याङ्कनका लागि नगर कै मातहतमा परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। विद्यालय आफैले प्रश्नपत्र बनाएर उत्तरपुस्तिका पनि आफैले परीक्षण गर्दा विद्यार्थीको सही मूल्याङ्कन हुन नसकेको नगर शिक्षा समितिले निष्कर्ष निकालेको छ।

त्यसैले आगामी दिनमा नगरपालिका भित्रका सबै विद्यालयमा (एसइई) जस्तै परीक्षा सञ्चालन गरिने सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर १ बाहुनीडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले बताए।

कक्षा १ देखि ९ सम्मकालागि नै प्रश्नपत्र नगरपालिकाले तयार गर्नेछ। परीक्षाको समयमा पनि हरेक विद्यालयमा फरक विद्यालयका शिक्षक परीक्षा नियन्त्रक बनाएर परीक्षा सञ्चालन गरिने छ भने उत्तर पुस्तिका पनि नगरपालिकाकै मातहतमा परीक्षण हुने उनको भनाइ छ।

नगर शिक्षा समितिले निर्णय गरेसँगै अहिले कार्यविधि निर्माण भइरहेको छ।

अब आर्थिक वर्ष २०७९-०८० को बजेटमा यस कार्यक्रमलाई समावेश गरेर सबै विद्यालयको अर्धवार्षिक र वार्षिक परीक्षा नगरपालिकाको मातहतमा हुने उनको भनाइ छ।

यसरी परीक्षा सञ्चालन गर्दा नतिजा राम्रो ल्याउनका लागि विद्यालयहरू बिच प्रतिस्पर्धा हुनेछ। जसले गर्दा शैक्षिक सुधारमा थप टेवा पुग्ने नगर शिक्षा समितिको निष्कर्ष छ।

गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले अङ्ग्रेजी माध्यमबाट अध्ययन गराउने योजनाका साथ यो वर्षबाट माध्यमिक विद्यालयको कक्षा १ बाट सुरु गर्ने निर्णय समेत गरेको छ। जुन योजना कार्यन्वयनकालागि अहिले छलफल भइरहेको छ।