काँग्रेस महामन्त्रीद्वय थापा र शर्मा निर्वाचन आयोग जाने तयारीमा « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

काँग्रेस महामन्त्रीद्वय थापा र शर्मा निर्वाचन आयोग जाने तयारीमा


७ असार २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरूलाई पनि मताधिकारको व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएका छन् ।

आयोगका प्रमुख आयुक्त दिनेश प्रसाद थपलियालाई भेटेर ध्यानाकर्षण गराइने उनीहरूले बताएका छन्

मंगलबार बिहान ११ बजे निर्वाचन आयोगका प्रमुख आयुक्तलाई भेट्ने समय तय भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी गराए ।

‘सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुन निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरिसकेको छ,’ महामन्त्री शर्माले भने, ‘सर्वोच्चको अदालतको परमादेश अनुसार प्रधानमन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गरायौँ । आज निर्वाचन आयोगका प्रमुख आयुक्तलाई भेट्ने भएका छौँ ।’

विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दा नागरिकले पाएका समस्या लगायतका विषयमा कुरा गरिने शर्माले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस