२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागु औषधसहित तीन जना पक्राउ

अ+ अ-

काठमाडौँ । सिरहा प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागु औषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी टोलीले विशेष सूचनाको आधारमा लहान नगरपालिका ८ मा रहेको मो.अफजकले संचालन गरेको अल्मुनियम भाडाको पसल र लहान १ का दयाराम ठाकुरको घरमा खान तलासी गरी डाइजिक्याव ६ सय ४५ एम्पुल, फेरागन ६ सय ४५ एम्पुल, ब्युप्रीनोर्फिन ६ सय ४५ एम्पुल, नाइट्रोभेट ४ सय ८० ट्याबकेट, स्यामोफ्रोक्सोभिन ४ सय ३२ ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले भारत विहार राज्यको मधुवनी, राजनगरथना गाउँ पन्चायत ७ घर भइ हाल लहान ५ बस्ने २१ वर्षीय मोहमद अखतर, गसु पन्चायत थना पिप्राही १ का २७ वर्षीय​ धरमेन्द्र ठाकुर र लहान ७ का दयाराम ठाकुरका छोरा १८ वर्षीय गौतम ठाकुरलाई लागुऔषधसहित पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट ४३ हजार ५ सय नगद, मोबाइल थान ३ थान र मोटरसाइकल एक थान बरामद छ।

मो.अखतरलाई भाडा पसल र धरमेन्द्र ठाकुरलाई दयाराम ठाकुरको घरबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनीहरूलाई लागु औषध मुद्दामा म्याद थपको लागि सिरहा जिल्ला अदालत लगिएको प्रहरीले जनाएको छ। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।