बाफलमा युवकमाथि चक्कु प्रहार गर्ने दुई जना पक्राउ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बाफलमा युवकमाथि चक्कु प्रहार गर्ने दुई जना पक्राउ


६ असार २०७९, सोमबार


पक्राउ

काठमाडौँ । काठमाडौँको नागर्जुन नगरपालिकास्थित बाफलमा एक जना विद्यार्थीमाथि चक्कु प्रहार भएको छ ।

कक्षा ११ मा पढ्ने २० वर्षीय अमन खानलाई दुई जनाले चक्कु प्रहार गरेका हुन्।

उनले आफूमाथि चक्कु प्रहार भएको भन्दै प्रहरी वृत्त, कालिमाटीमा ठाडो निवेदन दिएका थिए। खानलाई कालिमाटीको माछाबजारमा धनुषा फ्रेस हाउस सञ्चालन गरी बस्ने अशोक यादव र सन्तोष यादवले कुटपिट तथा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।

पीडित खानले माछा पसलमा गएका बेला आफूमाथि बिना कारण कुटपिट र चक्कु प्रहार भएको ती युवकको आरोप छ।

Tags :
प्रतिक्रिया दिनुहोस