महोत्तरीमा सुनको बिस्कुटसहित एक जना पक्राउ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

महोत्तरीमा सुनको बिस्कुटसहित एक जना पक्राउ


६ असार २०७९, सोमबार


महोत्तरी । महोत्तरी प्रहरीले सुनको बिस्कुटसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा एकडारा गाँउपालिका–५ का ३५ वर्षिय सुशिल साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय जलेश्वरले ९ लाख ७८ हजार ८ सय २४ रुपैयाँ मूल्य बरावरको ११६।५० ग्राम बजन भएको बिस्कुट आकारको सुनसहित साहलाई सोमबार सार्वजनिक गरेको हो।

आईतबार साँझको समयमा औरही नगरपालिका–४ कठुधारमा चेकजाँच गर्ने क्रममा साहले लगाएको जिन्स प्यान्टको खल्तीबाट सो सुन बरामद भएको हो ।

पक्राउ परेको साहलाई आवश्‍यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको छ

Tags :
प्रतिक्रिया दिनुहोस