पेट्रोल मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पेट्रोल मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप


६ असार २०७९, सोमबार


काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौँको त्रिचन्द्र कलेजअघि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको विरोध प्रदर्शनको क्रममा झडप भएको हो ।

प्रहरीले प्रदर्शनकारीमाथि लाठी र अश्रुग्याँस प्रहार गरेको छ भने प्रदर्शनकारीले सवारी साधनहरूको तोडफोड गरेका छन् । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान भएको छ ।

सरकारले गएराति पेट्रोलमा २१ रुपैयाँ तथा डिजेल तथा मट्टितेलमा २७–२७ रुपैयाँ मूल्यवृद्धि गरेको थियो । जसअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य १ सय ९२ रुपैयाँ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस