ग्यासमा छिटै दुईथरि मूल्य तोक्छौँ : कार्यकारी निर्देशक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ग्यासमा छिटै दुईथरि मूल्य तोक्छौँ : कार्यकारी निर्देशक


६ असार २०७९, सोमबार


काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले खाना पकाउने ग्यासमा छिटै दुईथरि मूल्य तोक्ने बताएका छन् ।

इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग अलग मूल्य तोक्ने बताए ।

उनले भने, ‘हामी एकदमै चाँडो ग्यासको दोहोरो मूल्यमा जान्छौं, दोहोरो मूल्य गरेर औद्योगिक प्रयोजनमा परल मूल्यमा जाने र घरायसी प्रयोजनमा सहुलियत दिने ।’

औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्यास सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्यासको गन्ध र सिलिन्डरको रङ पनि फरक बनाउने थानीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस