२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारका कारण पेट्रोलियम पदार्थको मूल्य बढेको होइन : अर्थमन्त्री

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारका कारण नभई अन्तर्राष्ट्रिय मूल्य शृङ्खलामा आएको समस्याले सिर्जित भएको बताएका छन् ।

अन्तर्राष्ट्रियस्तरमा भएका युद्धको प्रभावका कारण मूल्य बढेको उनले बताए । खाने तेलको मूल्य पनि अन्तर्राष्ट्रिय घटनाहरुको प्रभावकै कारणले बढेको उनले बताए ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले रसियाबाट कच्चा पदार्थ आयात बन्द भएकाले खाने तेलको मूल्य बढेको उल्लेख गरे ।

उनले भने, ‘तेलको मूल्य बढ्यो भन्नेछ । यो हामीले बढाएको हो र ? हामी त चिन्तित छौँ, यसले डलर (सञ्चिति) घटिरहेको छ । हाम्रो पैसा बाहिर गइरहेको छ, अन्तर्राष्ट्रिय स्तरमा आएका युद्धहरुको प्रभावका कारण मूल्य बढिरहेको छ । खाने तेलको मूल्यको कुरा पनि त्यही नै हो ।’

सरकारले आगामी वर्ष धानमा आत्मनिर्भर हुनको लागि बिउ, प्रविधि र रकम छुट्याएको उनको भनाइ छ । सरकारले फलफूलजन्य वस्तु केरा र स्याउको आयातलाई तीन वर्षभित्रमा घटाउँदै जाने नीति लिएको बताए ।

उनले भने , ‘तोरी आउने युक्रेन, रसियाबाट रहेछ । आउन बन्द भएपछि तेलको मूल्य बढ्यो । त्यसैले युक्रेनको तोरी होइन हाम्रो तोरी हिमालदेखि तराइसम्म जताततै फल्छ । अहिले कृषिलाई प्राथमिकता किन दिएको त भन्दा हामीले आत्मनिर्भर हुनका लागि हो ।’

स्पन्ज आइरनमा दिएको भन्सार छुटले प्लेट बनाउने १५ देखि २० वटा उद्योगले करोडौँ लगानी थपेको उनको दाबी छ । यसले नेपाल फलामजन्य सामग्रीमा आत्मनिर्भर मात्रै नभएर निकासी गरी व्यापार घाटा कम गर्ने अवस्थामा पुग्ने शर्माले बताए ।

आगामी आर्थिक वर्षदेखि निकासी गर्ने उद्योगका लागि ८ प्रतिशत अनुदान दिने व्यवस्था भएकाले सरकारले उद्योगमैत्री नीति अगाडि ल्याएको उनको दाबी छ ।

उनले भने , ‘२ सय बराबर ठुला उद्योगहरु जसले वार्षिक १० करोडसम्मको विद्युत् खपत गर्छन्, त्यसको उत्पादन निर्यात हेरेर हामीले २ देखि १५ प्रतिशतसम्म विद्युत् छुट दिने नीति ल्याएका छौँ । त्यसले नेपालमा ठुला उद्योगहरु अरु आउनेवाला छन् ।’

अर्थमन्त्री शर्माले सरकारले दिनुपर्ने मल किसानले ल्याउँदा सहज रुपमा ल्याउन पाउनुपर्ने बताए । उनले कुनै पनि किसानले जोहो गरेर मल ल्याएको भएमा र भन्सारमा रोकिएको भए तत्काल सहजीकरण गर्न भन्सार विभागका महानिर्देशकलाई निर्देशन दिए ।

उनले भने ‘किसानले आफ्नो जोहो गरेर ल्याएको मल ल्याउन पाउनुपर्छ । किसानले ल्याएको मल भन्सारमा रोकिएको छ भने भन्सारका महानिर्देशकले सुन्नुहोला । किसानले ल्याएको मल कसैले लिलाम गर्न पाइँदैन ।’

प्रतिक्रिया दिनुहोस