पहिरोका कारण मकवानपुरको सिस्नेबारी सडकखण्ड अवरुद्ध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पहिरोका कारण मकवानपुरको सिस्नेबारी सडकखण्ड अवरुद्ध


६ असार २०७९, सोमबार


बागमती । गए रातिको वर्षासँगै खसेको पहिरोले मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ । सो सडकखण्ड अवरुद्ध भएसँगै यातायात सञ्चालन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दुरीको बाटो बन्द भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गए राति वर्षासँगै पहिरो खसेको हो ।

आज बिहानदेखि उक्त पहिरो स्थानीय सरकार र सडक विभागबाट हटाउने कार्य भइरहेको सो इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए ।

हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ चल्ने सवारीसाधन अन्य बाटो भएर जाने व्यवस्था मिलाइएको छ । गत मङ्गलबार खसेको पहिराले उक्त सडकखण्ड आइतबार मात्र सञ्चालनमा आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस