काठमाडौँ महानगरले बागदरबारको प्रवलीकरण (रेट्रोफिट) गर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाडौँ महानगरले बागदरबारको प्रवलीकरण (रेट्रोफिट) गर्ने


५ असार २०७९, आइतबार


काठमाडौँ । अन्ततः काठमाडौँ महानगरपालिकाले बागदरबारको प्रवलीकरण (रेट्रोफिट) गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै हरिभवन (बागदरबार)को प्रवलीकरणको लागि आवश्यक व्यवस्था गर्ने बताएका छन् ।

यसअघिका मेयर विद्यासुन्दर शाक्यले बागदरबार भत्काउने अडान दिएका थिए । तर, नयाँ मेयर साहले ऐतिहासिक–पुरातात्विक महत्वको बागदरबारलाई प्रवलीकरण गर्ने नीति ल्याएका हुन् ।

बागदरबार प्रवलीकारण (रेट्रोफिट)को प्रतीक्षा गर्दागर्दै जीर्ण बनिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस