‘सुनको लौरो’ झापा पुगेपछि विमानस्थल भन्सारमाथि उठ्यो प्रश्न, कर्मचारी भन्छन् हामीले थाहा पाएनौँ ! « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

‘सुनको लौरो’ झापा पुगेपछि विमानस्थल भन्सारमाथि उठ्यो प्रश्न, कर्मचारी भन्छन् हामीले थाहा पाएनौँ !


५ असार २०७९, आइतबार


काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले विमानस्थलको भन्सार पार गर्दै व्यवसायी दुर्गा प्रसाईँलाई ‘सुनको लौरो’ उपहार दिएपछि विमानस्थल स्थित भन्सार कार्यालयमाथि प्रश्न उठेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालयले छानबिन थालेको बताए । ‘उहाँ शनिबार बिहान त्रिवि विमानस्थल हुँदै झापा पुग्नुभएको र सुनको लौरो उपहार दिनुभएको भन्ने सुनियो । तर, सुनको लौरो ल्याएकोबारे भन्सारलाई जानकारी गराउनुभएको छैन,’ उनले भने ।

भिभिआइपीले विमानस्थल प्रयोग गर्दा विशिष्ट कक्ष प्रयोग गर्न पाउने सुविधा रहे पनि मापदण्ड विपरीतका वस्तु ओसारपसार गर्न नपाउने उनले बताए । भिभिआइपी आफैँ जिम्मेवार व्यक्ति हुने भएकाले चेकजाँचमा सामान्य यात्रुसरह कडाइ नहुनेसमेत भट्टराईले जानकारी दिए ।

लौरो कुन माध्यमबाट झापा पुग्यो भन्नेबारे विमानस्थलस्थित भन्सार कार्यालय अनविज्ञ छ । यस विषयमा भन्सार विभागले आन्तरिक रूपमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो प्रकरणपछि विमानस्थलस्थित भन्सार कार्यालयको कार्यक्षमतालाई लिएर बहस सुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस