घरमा आगलागी हुँदा वृद्धाको जलेर मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

घरमा आगलागी हुँदा वृद्धाको जलेर मृत्यु


४ असार २०७९, शनिबार


काठमाडौँ । गोरखाको एक घरमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ।

गएराति शहिदलखन गाउँपालिका वडा नम्बर ७ स्थित तिवारी टोलको एक घरमा आगलागी भएर वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिएका छन् । ।

पुरानो खाब्दी स्कुल नजिकैको घरमा बस्ने ६९ वर्षकी केशरीमाया वस्तीको मृत्यु भएको हो। उनको शवको पेटको भागमात्रै बाँकी रहेको खनालले बताए।

उनका अनुसार घटना गएराति ११ देखि १२ बजेको बीचमा भएको आशङ्का छ। घटनाबारे शनिबार बिहान मात्रै थाहा भएको हो। प्रहरीलाई पनि बिहान साढे ७ बजे मात्रै खबर भएको हो।

‘घर जङ्गलको बीचमा छ। त्यस घरलाई अन्य घरबाट नदेखिने रहेछ,’ प्रहरी उपरीक्षक खनालले भने ,‘ ग्यास लिक भएर आगलागी भएर मृत्यु भएको जस्तो देखिन्छ। शरीरको ३ प्रतिशत मात्रै बाँकी छ।’ घरमा पनि पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ।

मृतक बस्ती सो घरमा एक्लै बस्थिन्। उनका छोरा नजिकै खाप्ली भन्ने ठाउँमा पसल थापेर बसेका छन्। बिहान उनी गाई वस्तु हेर्न घर आएको बेलामा मात्रै घर जलेको अवस्थामा देखेको प्रहरी उपरीक्षक खनालले बताए।

प्रहरीले घटनास्थलबाट वृद्धा महिलाको शव पोष्टमर्टमको लागि जिल्ला अस्पताल गोरखा पठाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस