सुर्खेतमा ट्रक दुर्घटना, चालक र सह-चलाक ट्रक भित्र च्यापिए « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुर्खेतमा ट्रक दुर्घटना, चालक र सह-चलाक ट्रक भित्र च्यापिए


४ असार २०७९, शनिबार


काठमाडौँ । दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक सुर्खेतको गुर्भाकोटमा दुर्घटनामा परेको छ । गुर्भाकोट नगरपालिका-९ भालु खोला चौपारी डाँडा नजिक शनिबार बिहान पाँच बजेको समयमा ना ४ ख ९७ ६१ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार अनियन्त्रित भएर ट्रक ५० मिटर तल सालको रूखमा ठोक्किएको छ । दाङ बोटेचौर सडक खण्डको मोडमा दाङबाट सरिया र सिमेन्ट लोडगरी जाजरकोटतर्फ जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो ।

साथै उक्त ट्रक चालक-सहचलाक ट्रक भित्र च्यापिएको र उद्धार भइरहेको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस