२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुक्तानी नपाएपछि धुलिखेल अस्पतालमा उपचार सेवा दिन कठिनाइ

अ+ अ-

काठमाडौँ । सरकारले लागू गरेको स्वास्थ्य बीमा अभियानअन्तर्गत धुलिखेल अस्पतालमा उपचार सेवा लिएका बिरामीको नाममा पाउनुपर्ने रकम बीमा बोर्डबाट नपाएका कारण अब सेवा दिन कठिनाइ भएको धुलिखेल अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासनले बिहीबार पत्रकार सम्मेलन गरी २०७४ सालदेखि बीमा बोर्डसँग सम्झौता गरी स्वास्थ्य बीमा गरेका नागरिकलाई सेवा उपलब्ध गराउँदै आएको भए पनि अहिलेसम्म बोर्डमार्फत प्राप्त गर्नुपर्ने करिब रु २५ करोड रकम प्राप्त नहुँदा अस्पतालबाट प्रवाह हुने सेवामा समस्या उत्पन्न हुने अवस्थामा पुगेको जानकारी दिएको छ । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक रमेश माकाजु श्रेष्ठले बीमाको कारण समस्या भएको उल्लेख गर्दै सेवामा विचार गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

दैनिक स्वास्थ्य बीमा गर्ने बढ्दै जानु, अर्कोतर्फ अधिकतम् सङ्ख्यामा सेवा दिनुपर्ने सेवाग्राहीका नाममा प्राप्त हुनुपर्ने रकम थप्दै जाने भएपछि औषधिलगायत अन्य उपचार सामग्रीको भुक्तानी हुन नसकेर आपूर्तिमा निरन्तरता नभएको, समयमा तलब भुक्तानी गर्न कठिनाइ परेको र आवश्यक सरसामान उपलब्ध नभएर सेवामा कठिनाइ परेका कारणले अस्पताल प्रशासन आर्थिक समस्यामा पर्दै गएको श्रेष्ठले बताए ।

धुलिखेल अस्पतालको व्यवस्थापन समितिको २०७९ जेठ ३१ गतेको बैठकले सो रकम यसै आर्थिक वर्षमा उपलब्ध नभए आवश्यक सामानको परिपूर्ति नभई सेवा नै ठप्प हुने अवस्थामा पुग्ने भएकाले त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ । बीमा बोर्डबाट पाउनुपर्ने रकम अबको १५ दिनभित्रमा भुक्तानी नभएमा अस्पतालबाट आङ्शिक सेवा मात्रै उपलब्ध हुने र असार मसान्तसम्ममा भुक्तानी नभएमा साउन १ गतेदेखि बीमा सेवालाई निरन्तरता दिन नसकिने अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल प्रशासक प्रद्युम्न श्रेष्ठले स्वास्थ्य बीमा गर्ने नागरिकको सङ्ख्या दैनिक बढ्दै जानु र अर्कातर्फ विमितले अस्पताल सेवा केन्द्रको पहिलो प्राथमिकतामा धुलिखेल अस्पताललाई रोज्ने गरेका कारण सेवाग्राहीको चाप बढ्दै गएको बताए । उनका अनुसार दैनिक एक हजारदेखि एक हजार १०० जनासम्मलाई सेवा दिन सकिने क्षमता रहेको अस्पतालमा अहिले दैनिक एक हजार ३०० भन्दा बढीलाई सेवा दिनुपर्दा गुणस्तरमा प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ । सेवा प्रदान गरेकामध्ये एक लाख २८ हजार २४५ सेवाग्राहीको सेवाबापतको रकम प्राप्त हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस