एसपीपीमा नेपाल सहभागी हुँदैन : गृहमन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एसपीपीमा नेपाल सहभागी हुँदैन : गृहमन्त्री


२ असार २०७९, बिहिबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने बताएका छन् ।

विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाको तर्फबाट प्रतिनिधिसभामा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुनै सक्दैन ।’

गृहमन्त्री खाँणले एमसीसी र एसपीपी फरक-फरक भएको बताए । ‘केही माननीयजीले एमसीसीकै कारण एसपीपी आएको भने । दुवै एक होइनन्’, उनले भने, ‘एमसीसी हामीले सुरुदेखि नै पास गर्छौ भन्यौँ, गर्‍यौँ । अब एसपीपीमा नेपाल जाँदैन भनिरहेका छौँ । जाँदैन जाँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस