पर्यटन क्षेत्र बिस्तारै चलायमान बन्दैछ : प्रधानमन्त्री « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पर्यटन क्षेत्र बिस्तारै चलायमान बन्दैछ : प्रधानमन्त्री


२ असार २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडका कारण ठप्प बनेको पर्यटन क्षेत्र विस्तार चलायमान बन्न थालेको बताएका छन् ।

उनले पर्यटन क्षेत्रको प्रवर्द्धन र पर्यटकहरूको आगमन बढाउनका लागि पर्यटन प्रवर्द्धन गर्न कार्यक्रमहरू ल्याउन निजी क्षेत्रसँग आव्हान गरे ।

भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सले गरेको ‘नेपाल चेम्बर एक्स्पो–२०२२’ को समुद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्ता एक्स्पोहरूमा नेपालको पर्यटन प्रवर्द्धनबारे थप प्रचार प्रसार हुने खालका गतिविधिलाई समेत समावेश गर्न सुझाव दिए ।

उनले चेम्बर अफ कमर्सले नेपालको समग्र आर्थिक विकासमा थप योगदान पुर्‍याउने किसिमका गतिविधि गर्ने विश्वास व्यक्त गरे । बिहीबारदेखि सुरू भएको एक्स्पो आगामी सोमबारसम्म चल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस