राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै, यस्ता छन् माग ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै, यस्ता छन् माग !


१ असार २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ ।

किसानलाई मल, बीउको आपूर्ति, महङ्‍गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनः स्थापना, सङ्‍घीयताको खारेजीलगायत जनजीविकाका विविध विषय समेटिएको २० बुँदे ज्ञापनपत्र बुझाउने भएको हो ।

खेतीको सिजनमा पनि किसानले सहज रूपमा मल र बीउ पाएका छैनन् । अर्कोतिर, महङ्‍गी पनि बढेको छ । ​यहीबेला राजनीतिक एजेन्डासमेत समेटेर ज्ञापनपत्र बुझाउने भएको राप्रपाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस