आज लोक सेवा आयोगको वार्षिकोत्सव, राष्ट्रपतिले उद्घाटन गर्ने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आज लोक सेवा आयोगको वार्षिकोत्सव, राष्ट्रपतिले उद्घाटन गर्ने


१ असार २०७९, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगको ७१ ‍औँ वार्षिकोत्सवको उद्‌घाटन गर्ने भएकी छन् ।

आयोगले आज बिहान साढे १० बजे काठमाडौँको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गर्दैछ ।

वार्षिकोत्सवको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने कार्यक्रम तय भएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

वि.सं. २००८ असार १ गते लोकसेवा आयोगको स्थापना भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस