करेन्ट लागेर एक जनाको मृत्यु « प्रशासन
Logo ३१ जेष्ठ २०८१, बिहिबार
   

करेन्ट लागेर एक जनाको मृत्यु


१ असार २०७९, बुधबार


काठमाडौँ । करेन्ट लागेर काठमाडौँको सुन्दरीजलका एक युवकको मृत्यु भएको छ।

मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेका गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ सुन्दरीजलका २६ वर्षीय सनम तामाङको करेन्ट लागेर मृत्यु भएको हो।

मंगलबार अपराह्न ४ बजेतिर उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेपछि उपचारका लागि उनलाई नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ।

शवलाई पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस