काठमाडौँ । मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन्।
ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैले बस्ने २९ वर्षीय राजन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
ती किशोरीलाई सोही गाउँपालिका–३ समरस्थित सामुदायिक भवनको शौचालयमा लगि राजनले शनिबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले घरपझोङ गाउँपालिका–४ जोमसोमबाट उनलाई पक्राउ गरेको हो।