बेमौसमी वर्षा पीडित किसानले राहत नपाउनुमा गृह मन्त्रालय जिम्मेवार : कृषिमन्त्री यादव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बेमौसमी वर्षा पीडित किसानले राहत नपाउनुमा गृह मन्त्रालय जिम्मेवार : कृषिमन्त्री यादव


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बेमौसमी वर्षका कारण पीडित किसानले सरकारी राहत नपाउनुमा दोषी आफू नभएको दाबी गरेका छन् ।

कृषि मन्त्रालयको बजेट र यसबारे सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यस्तो दाबी गरेका हुन् ।

‘हामीले पीडित किसानको लागत सङ्कलन गरेर गृह मन्त्रालय पठाएका हौँ,’ मन्त्री यादवले भने, ‘वितरण हामीले गरेन भनेर आलोचना भएका छन्, तर दिने काम गृहको हो ।’

मन्त्री यादवले किसान अनुदान र उखु किसानका भुक्तानी पनि पारदर्शी बनाएको दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस