मल ल्याउने प्रक्रिया अघि बढे पनि ल्याउन नसकिएको कृषि मन्त्रीको दाबी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मल ल्याउने प्रक्रिया अघि बढे पनि ल्याउन नसकिएको कृषि मन्त्रीको दाबी


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले सरकारले समयमै रासायनिक मल उपलब्ध गराउन नसकेको स्वीकार गरेका छन् ।

नेकपा एमालेले संसद्मा दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि उठेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले १ लाख ५ हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले १ लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया सुरु गरिए पनि समयमै ल्याउन नसकिएको उनले बताए । मल नल्याउने ठेकदारलाई कारबाही सुरु गरिएको पनि मन्त्री यादवको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस