थप १५ जनामा कोरोना सङ्क्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थप १५ जनामा कोरोना सङ्क्रमण


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार १२५ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १३ जना निको भएका छन् भने हाल देशभर १०२ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये १०२ जना होम आइसोलेसनमा रहेका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख १९ हजार ६१५ पुगेको छ ।

योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार २१७ जना सङ्क्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस