बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । प्रहरीले बैङ्किङ कसुर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक पनौती नगरपालिका-१२ घर भई हाल गोकर्णेश्वर नगरपालिका-१२ बस्ने ५६ वर्षीय डल्ले कामी रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई धुम्बाराहीबाट पक्राउ गरेको हो ।

२०७७ साल मंसिर २३ गते उच्च अदालत पाटनको फैसलाले उनलाई १० लाख ५० हजार जरिवाना र ४ दिन कैद सजाय सुनाएको थियो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस