आज पनि ओरालो लाग्यो नेप्से « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आज पनि ओरालो लाग्यो नेप्से


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । यस साताको पहिलो कारोबार सोमबार पनि सेयर बजार ओरालो लागेकाे छ ।

१५.८२ अङ्कले घटेको बजार २०३२.३४ बिन्दुमा ओर्लिएको छ । बजेट (१५ जेठ) पछि एक दिन मात्र बढेको बजार अन्य दिन भने निरन्तर घटिरहेको छ । लगानीकर्ता अहिले पनि पर्ख र हेरको अवस्थामा रहँदा बजारले गति समात्न सकेको छैन ।

सोमबार २३० कम्पनीको २० हजार ७७४ वटा कारोबारबाट २९ लाख २० हजार ७०५ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम झनै खुम्चिएको छ । पछिल्लो समय शुक्रवार बाहेक अन्य दिन अर्बको आँकडामा पुग्ने कारोबार रकम सोमबार भने ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँमा खुम्चिएको छ । सोमबार कुनै पनि उपसमूहमा हरियो देखिएन ।

सबैभन्दा धेरै जीवन बिमा कम्पनीहरूको लगानीकर्ताले गुमाए । सोमबार बलेफी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढ्दै २८९.३० रुपैयाँमा कारोबार भयो । ग्रिन भेन्चर लिमिटेडको मूल्य समेत ९.९८ प्रतिशतले बढेर ३२०.७० रुपैयाँ पुगेको छ ।

युनिलिभर नेपालको मूल्य ४.१० प्रतिशतले बढ्दै १८ हजार १ सय पुग्यो । यस दिन मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै धेरै ५.४० प्रतिशतले घटेर १०४७.२० रुपैयाँमा आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस