प्रश्नपत्र हुबहु : त्रिविद्वारा छानबिन समिति गठन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रश्नपत्र हुबहु : त्रिविद्वारा छानबिन समिति गठन


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ ।

रजिस्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा. पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको जानकारी दिए ।

उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको छ । रजिस्ट्रार प्रा डा. दाहालले छानबिन समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको बताए ।

त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुई विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि त्रिविले छानबिन समिति गठन गरेको हो ।

मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीति शास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई वर्षको हुबहु मिलेको छ ।

त्रिविले विज्ञ समूहलाई प्रश्नपत्र बनाए पनि प्रश्नपत्र सेट गर्नेको लापरबाहीका कारण अघिल्लो वर्षको प्रश्नपत्र दोहरिने गर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस