एकै चरणमा कात्तिक मसान्त वा मङ्सिर पहिलो साता चुनाव गर्ने तयारी छ : अध्यक्ष प्रचण्ड « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एकै चरणमा कात्तिक मसान्त वा मङ्सिर पहिलो साता चुनाव गर्ने तयारी छ : अध्यक्ष प्रचण्ड


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय र प्रदेश सभा चुनावको तयारी भइरहेको बताएका छन् ।

कात्तिक मसान्त वा मङ्सिर पहिलो साता संघीय र प्रदेश सभा चुनाव हुने भएकोले तयारी गर्न उनले नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

आज (सोमबार) बर्दिया पुगेका उनले पत्रकारहरूसँग कुराकानी गर्दै स्थानीय चुनावजस्तै एकै चरणमा संघीय र प्रदेशको चुनाव गर्ने तयारी रहेको बताए ।

‘संघीय र प्रदेशको चुनावको तयारीमा छौँ । कात्तिक मसान्त वा मङ्सिर पहिलो साता चुनाव गर्ने गरी सत्ता गठबन्धनमा छलफल भइरहेको छ,’ उनले भने, ‘प्रतिपक्षको कुरा पनि यही समयमा चुनाव गर्ने भन्ने छ ।’

उनले एकै चरणमा चुनाव गर्ने गरी छलफल गरिएको पनि बताए । तर सुरक्षाका कारण दुई चरणमा गर्ने कि भन्ने कुरा पनि आएको उनको भनाइ थियो ।

‘हाम्रो कोसिस एकै चरणमा चुनाव गर्ने भन्ने छ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस