संसदमा एमालेद्वारा ‘स्थगनको प्रस्ताव’ दर्ता « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

संसदमा एमालेद्वारा ‘स्थगनको प्रस्ताव’ दर्ता


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेले संसद्‌मा स्थगनको प्रस्ताव दर्ता गराएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसदमा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्‍यो भन्दै स्थगनको प्रस्ताव दर्ता गराएका हुन् ।

किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ । उक्त प्रस्तावमाथि संसदमा छलफल हुने भएको छ ।

स्थगन प्रस्ताव स्वीकृत भए संसदमा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने संसद् सचिवालयका अधिकारीले बताएका छन् ।

संसद् सचिवालयले उक्त प्रस्तावलाई आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीको १ नम्बरमा राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस