पैसा दियो भनेर नेपाल अमेरिकाको सैनिक गठबन्धनमा सामेल हुन खोज्यो : भीम रावल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पैसा दियो भनेर नेपाल अमेरिकाको सैनिक गठबन्धनमा सामेल हुन खोज्यो : भीम रावल


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैनिक गठबन्धनमा सामेल हुन खोजेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले सो धारणा राखेका हुन् । ‘निर्दलीय पञ्चायतमा समेत नेपालले तटस्थता कायम गर्‍यो । अहिले नसक्ने किन रु’ उनले भने, ‘नेपाल अमेरिकाले पैसा दियो भनेर सैनिक गठबन्धनमा सामेल हुन खोज्यो । यो एकदमै गलत यो ।’

उनले यसबारेमा सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने बताए । आर्थिक सहयोगका नाममा कसैले पनि कुनै पनि देशलाई सामरिक रूपमा धकेल्न नहुने उनको भनाइ छ ।

प्रधानमन्त्रीको अमेरिकी भ्रमणबारे पनि उनले प्रश्न उठाउँदै भ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीलाई संसदीय समितिको बैठकमा बोलाउन माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस