आजको मौसम यस्तो छ  ! « प्रशासन
Logo २७ श्रावण २०७९, शुक्रबार
   

आजको मौसम यस्तो छ  !


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ । बिहान प्रदेश १, मधेस, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेस र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल प्रदेश १, मधेस, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस