विनियोजन विधेयकमाथिको छलफल जारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विनियोजन विधेयकमाथिको छलफल जारी


२९ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल जारी रहेको छ ।

बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफल भइरहेको हो ।

सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय योजना आयोगको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे ।

सांसद दुर्गा पौडेलले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय शीर्षकको खर्च रकममा १०० रुपैयाँ घटाइयोस्, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिन् ।

सांसद कृष्णभक्त पोख्रेलले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे ।

सांसद शेरबहादुर तामाङले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे ।

सांसद भीमबहादुर रावलले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे । विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस