निलम्बित गाउँपालिकाका अध्यक्षलाई मतदानमा सहभागी नगराउन मुख्य निर्वाचन अधिकृतलाई निवेदन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

निलम्बित गाउँपालिकाका अध्यक्षलाई मतदानमा सहभागी नगराउन मुख्य निर्वाचन अधिकृतलाई निवेदन


२९ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन माग गरिएको छ ।

समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय, कैलालीमा निवेदन दिँदै विशेष अदालतको फरार सूचिमा रहेका उपाध्यक्षलाई निर्वाचनको मतदान प्रक्रियामा सहभागी नगराउन माग गरेका हुन् ।

जेठ २७ गते अध्यक्ष उपाध्यायलाई निर्वाचन अधिकृतको कार्यालयमा मतदान प्रक्रियामा सहभागी नगराउन निवेदन पेस गरिसकेका छन् ।

नवनिर्वाचित अध्यक्ष उपाध्याय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस अघि उनलाई निलम्बन गर्न सम्बन्धित निकायलाई पत्र काटिसकेको छ । उनको नाम मतदाताको नामावलीबाट हटाउन माथ गर्दै सर्वोच्च अदालतमा पनि रिट परेको थियो ।

कैलालीमा भोलि जिल्ला समन्वय समितिको निर्वाचन तोकिएको छ । सत्ता गठबन्धनमै रहेको काँग्रेस माओवादी र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका छन् भने एमाले र नागरिक उन्मुक्ति पार्टीले तालमेल गरेका छन् । सत्ता गठबन्धनको १३ र एमाले नागरिक उन्मुक्ति पार्टीको १२ मत रहेको छ । १३ मतमा निलम्बित गाउँपालिका अध्यक्ष समेत पर्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस