मुगुमा पाठ्यपुस्तक एक महिनापछि पुग्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मुगुमा पाठ्यपुस्तक एक महिनापछि पुग्यो


२८ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । मुगुमा विद्यालय संचालन भएको करिब महिनापछि पाठयपुस्तक पुगेको छ ।

गत जेठ १ गते देखि विद्यालयमा पठनपाठन सुरु गरिए पनि पाठयपुस्तक अभावमा अध्यन अध्यापन प्रभावित भएको थियो ।

छायाँनाथ रारा नगरपालिकाअन्तर्गत ४४ वटा सामुदायिक विद्यालयका लागि ढुवानीको जिम्मा लिएको जयलक्ष्मी पुस्तक भण्डारले शुक्रबार पुस्तक गमगढीमा पुर्‍याएको छ ।

जिम्मा लिएको सबै पुस्तक ढुवानी गरिसकेपछि सामुदायिक विद्यालयलाई वितरण गरिने पुस्तक बिक्रेता जयलक्ष्मी भामले बताए ।

पुस्तक ढुवानीको निम्ति सम्बन्धित निकायलाई पटक पटक ताकेता गरेपछि शुक्रबार गमगढी बजारमा नयाँ पुस्तक पुगेको छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णु कुमार भामले बताए ।

जिल्लाको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकामा जिम्मा लगेका पुस्तक बिक्रेताले छिट्टै पालिकास्तरमा पुस्तक पुर्‍याएर वितरण सुरु हुने जिल्ला शिक्षा विकास समन्वय इकाइ कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस