७४ वर्षीय ठुलो बाबुबाट २१ वर्षीय भतिजी बलात्कृत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

७४ वर्षीय ठुलो बाबुबाट २१ वर्षीय भतिजी बलात्कृत


२८ जेष्ठ २०७९, शनिबार


जबर्जस्ती करणी

काठमाडौँ । बर्दियामा एक युवती आफ्नै ठुलो बाबुबाट बलात्कारको सिकार भएकी छिन् ।

जिल्लाको मधुवन नगरपालिकाकी २१ वर्षीया युवतीलाई आफ्नै ७४ वर्षीया ठुलो बाबुले खेतबारीमा जबरजस्ती हाडनाता करणी गरेको अभियोगमा निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

जबरजस्ती हाडनाता करणी गरेको जाहेरी पर्न साथ ईलाका प्रहरी कार्यालय ढोडेनीले पक्राउ गरी अनुसन्धान गरिरहेको बर्दियाका प्रहरी प्रमुख एसपी बिरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

पीडित युवतीलाई माइती नेपाल गुलरियाको संरक्षणमा राखेर अनुसन्धान भईरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस