हुम्लाको चंखेलीमा आगलागी, तीन घर जलेर नष्ट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हुम्लाको चंखेलीमा आगलागी, तीन घर जलेर नष्ट


२८ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । हुम्लाको चंखेलीमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छन् ।

चंखेली गाउँपालिका-४ को पिप्लाङ्ग गाउँमा गएराती दुई बजे आगलागी हुँदा तीन घर जलेर नष्ट भएका हुन् ।

आगलागीबाट कम्तिमा पचास लाखको क्षति भएको प्रारम्भिक अनुमान आएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन् ।

‘राति दुई बजे आगलागी हुँदा तीन घर जलेर पूर्ण रूपमा नष्ट भएको खबर छ ।’ मुख्यमन्त्री शाहीले भने, ‘हुम्ला सिडिओ कार्यालयका अनुसार कम्तिमा पचास लाखको क्षति भएको अनुमान छ ।’

उनका अनुसार आगलागीको कारणबारे जानकारी नभएको र मानवीय तथा चौपायाको क्षति भने भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस