बैंकिङ कसूरमा ११ लाख जरिवाना तोकिएका अभियुक्त पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बैंकिङ कसूरमा ११ लाख जरिवाना तोकिएका अभियुक्त पक्राउ


२७ जेष्ठ २०७९, शुक्रबार


पक्राउ

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त महाराजगञ्‍जबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ घर भई हाल महाराजगञ्‍ज बस्‍ने ५६ वर्षीय अनिल मोक्तान रहेका छन् ।

उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले बैंकिङ कसूर मुद्दामा दोषी ठहर गर्दै उनलाई ७ दिन कैद र ११ लाख पचास हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस