बञ्चरेडाँडामा थालियो फोहोर खसाल्न « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बञ्चरेडाँडामा थालियो फोहोर खसाल्न


२७ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ उपत्यकाका फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा खसाल्न थालिएको छ ।

बञ्चरेडाँडा ल्याण्डफिल साइट पीडित सङ्घर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेसँगै काठमाडौँबाट गएका ट्रकहरूले ल्याण्डफिल साइटमा फोहोर खसाल्न थालेको हो ।

शुक्रवार बिहान भएको छलफलमा सहरी विकास मन्त्रीले प्रतिबद्धतापत्र सार्वजनिक गर्ने बाचा गरेकी थिइन् भने नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत लगायतका नेताहरूले पनि सङ्घर्ष समितिको माग सम्बोधनका लागि गम्भीर पहल गर्ने आश्वासन दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस