मर्स्याङ्दी नदी किनारमा भेटिएका दुई शवमध्ये एक जनाको सनाखत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मर्स्याङ्दी नदी किनारमा भेटिएका दुई शवमध्ये एक जनाको सनाखत


२७ जेष्ठ २०७९, शुक्रबार


गोरखा । सडक भासिएको मर्स्याङ्दी नदी किनारमा शव भेटिएका दुई पुरुषमध्ये एक जनाको सनाखत भएको छ ।

नदी किनारबाट प्रहरीले दुई जनाको शव फेला पारेको छ । मृतकमध्ये एक जना गोरखाको सिरानचोक गाउँपालिकास्थित छोप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साखर ड्याममा आज (शुक्रबार) बिहान ४ बजे भासिएको सडकबाट बा १० च ४६४९ नम्बरको कार र मोटरसाइकल खसेको थियो ।

मोटरसाइकलमा सवार पुरुष भने सवारी फालेर ज्यान जोगाएका थिए । कार मानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ ।

पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । उक्त सडक भासिँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । पहिरोका कारण सवारीसाधन बीचैमा रोकिँदा यात्रु अलपत्र परेका छन् ।

सम्बन्धित समाचार : सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला

Tags :
प्रतिक्रिया दिनुहोस