सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला


२७ जेष्ठ २०७९, शुक्रबार


तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवागमनमा अवरुद्ध भएको छ ।

सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ ।

मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए ।

पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजी कार्य गरिरहेको छ । उनले भने, ‘नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने सङ्केत देखिएको छ ।’

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भासिएर जोखिम र राजमार्ग अवरुद्ध बनेको छ ।

सडकको तलाको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

सम्बन्धित समाचार : पृथ्वी राजमार्गमा सडक भासिँदा यातायात अवरुद्ध

सम्बन्धित समाचार : सडक भासिएको स्थानबाट कार खसेको देखियो, उद्धारकर्ता परिचालित

Tags :
प्रतिक्रिया दिनुहोस