भोलिदेखि १२-१७ वर्षसम्मका बालबालिकालाई बुस्टर डोज दिइने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भोलिदेखि १२-१७ वर्षसम्मका बालबालिकालाई बुस्टर डोज दिइने


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अर्थात् भोलिदेखि सो उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको दिने जनाएको हो ।

पूर्ण मात्रा खोप लगाएका यस उमेर समूहका बालबालिकालाई बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ ।

मोर्डना खोप बुस्टर लगाउँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ भने फाइजर खोप ०.३ एमएल दिनुपर्ने हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस