त्रिविमा लगाएको तालाबन्दीको विरोधमा अखिलको प्रदर्शन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

त्रिविमा लगाएको तालाबन्दीको विरोधमा अखिलको प्रदर्शन


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा ५ महिनादेखि लगाएको तालाबन्दीको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बिहीबार प्रदर्शन गरेको छ ।

‘बन्द सधैंका लागि बन्द गरौं’‚ ‘तालाबन्दी सधैंका लागि बन्द गरौं‚ गुन्डागर्दी अन्त्य गर’ लगायत नारा भएका ब्यानरसहित नेकपा एमालेनिकट अनेरास्ववियुले प्रदर्शन गरेको हो ।

नेविसंघले त्रिविमा ५ महिनादेखि लगाएको ताला तीन दिनभित्र खोलेर नियमित रुपमा पठनपाठन नगराए अनेरास्ववियुले ताला फोरेर विश्वविद्यालय सञ्चालन गर्न सहयोग गर्ने चेतावनी दिँदै बुधबार विज्ञप्ति जारी गरेको थियो ।

उत्पन्न परिस्थिति सामना गर्नसमेत आफूहरू तयार रहेको पनि अनेरास्ववियुले जनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणको प्रत्यक्ष संरक्षणमा नै नेविसंघले विश्वविद्यालयमा ताला लगाएको अनेरास्ववियुले आरोप लगाएको छ ।

‘वर्तमान गृहमन्त्री बालकृष्ण खाँणको प्रत्यक्ष संरक्षण, आफूलाई नेविसंघ र प्राध्यापकको नाममा विश्वविद्यालयलाई गैरप्राज्ञिक र असफल बनाउन राजनीति गर्ने झुण्डको समर्थनमा अहिले विश्वविद्यालय बन्द छ,’ अनेरास्ववियुको विज्ञप्तिमा उल्लेख छ ।

उक्त विज्ञप्तिअनुसार विश्वविद्यालय परिसरमा अनेरास्ववियुमा प्रदर्शन गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस