पक्राउ परेका बञ्चरेडाँडाका स्थानीय रिहा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पक्राउ परेका बञ्चरेडाँडाका स्थानीय रिहा


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । प्रहरीको नियन्त्रणमा रहेका बञ्चरेडाँडाका स्थानीय रिहा भएका छन् ।

नुवाकोटको इलाका प्रहरी कार्यालय ककनीमा बुधबारदेखि नियन्त्रणमा रहेको बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, तपन उप्रेती र कृष्ण बजगाईंलाई प्रहरीले छाडेको हो ।

प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई बिहीबार बिहान १० बजे छाडेको हो ।

आन्दोलनकारीहरुले प्रहरी माथि हातपात र फोहोर बोकेका सवारी साधन तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस