२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैकल्पिक चिकित्सालाई महत्त्व दिनुपर्ने सरोकारवालाको माग

अ+ अ-

काठमाडौँ । वैकल्पिक चिकित्साका विधाहरुका लागि सरकारले परिषद् बनाउनु पर्ने, पाठयक्रम राख्न पर्ने र जनशक्तिका लागि राम्रो वातावरण स्वदेशमै हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

बुधबार हेल्थ आवाजले गरेको ‘वैकल्पिक चिकित्सा अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले वैकल्पिक चिकित्सा पुरानो र नविनतम चिकित्सा भए पनि यसको स्वतन्त्र पहिचान हुन नसकेको, बजेट र लगानी सीमित रहेको, शाखा समेत नखोलिएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले वैकल्पिक चिकित्सा पद्धति नेपालका मौलिक र पुराना पद्धति भएको तर अध्ययन अनुसन्धान पर्याप्त रुपमा नभएकाले पछि परेको बताएका छन् । प्रा.डा. गिरीले भने– ‘जुनसुकै चिकित्सा विधा अध्ययन अनुसन्धानबाट प्रमाणित भएको हुनुपर्छ । शिक्षाका जुनसुकै अध्ययन अध्यापनका लागि तोकिएको मापदण्ड पूरा गर्नुपर्छ ।’

वैकल्पिक चिकित्साको काउन्सिल बनाउन सम्बन्धित निकायमा गएर मापदण्ड पूरा गरी आउनुपर्ने चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. दिलिप शर्माले बताए । उनले भने, ‘तपाईंहरु मापदण्ड पालना गरेर नीतिगत हिसाबले आउनुहोस् । चिकित्सा आयोगले मुलुकको आवश्यकता छ भन्ने लाग्यो भने यसको विभाग बनाउन कुनै पनि बाधा आउँदैन । काउन्सिल बनाउनको लागि व्यक्तिगत भन्दा पनि सामूहिक रुपमा आउँदा भोलिका दिनमा दरवन्दी पनि लागु हुन्छ ।’

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेलले वैकल्पिक चिकित्सालाई सरकारले उपेक्षा नगरेको बताएका छन् । उनले भने, ‘सबै क्षेत्रको महत्व उस्तै हुन्छ । हामीले वैकल्पिक चिकित्सामा पनि लगानी गरेका छौं । अनुदान दिइरहेका छौं । यस क्षेत्रका विज्ञहरुले एकीकृत रुपमा लाने की छुट्टाछुट्टै रुपमा अघि बढ्ने स्पष्ट पार्नुपर्छ ।’

कार्यक्रममा सरोकारवालाहरुले यसको स्वतन्त्र पहिचान हुन नसकेको र सरकारले पनि वैकल्पिक चिकित्साको लागि कुनै स्थान नदिएको बताएका छन् ।

वैकल्पिक चिकित्सा शाखाका प्रमुख डा। पुनेश्वर केशरीले यो विषयलाई सरकारले विभेद गरेको बताउँदै बजेट एकदम सीमित मात्रामा मात्र छुट्याएको बताउँदै दरबन्दी पनि एकदम सीमित राखिएको बताए ।

न्याचुरोप्याथी डाक्टर एसोसिएसनका अध्यक्ष डा। जनकबहादुर बस्नेतले सर्वसुलभ चिकित्सा पद्धति भएपनि दरबन्दीको समस्या रहेको बताए । उनले भने–‘हरेक नीति तथा कार्यक्रममा यो कहिल्यै छुट्दैन तर भनिएअनुसार केही पनि कार्यन्वयन हुँदैन । अहिलेसम्म प्राकृतिक चिकित्साको पहिचान हुन सकेको छैन । २० वर्षयता कुनै दरबन्दी समेत खुलेको छैन । एउटा सामान्य क्लिनिकसमेत नखोलिनु दुस्खद हो । निजी तथा सामुदायिक अस्पतालहरुले मात्र सुविधा दिइरहेका छन् । ’