हिमाली क्षेत्रमा निःशुल्क सोलार वितरण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हिमाली क्षेत्रमा निःशुल्क सोलार वितरण


२६ जेष्ठ २०७९, बिहिबार


जाजरकोट । केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँचमा नभएको उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका ५० घरधुरीलाई सौर्य ऊर्जा (सोलार)बाट विद्युत् पाएका छन् ।

डोल्पोबुद्ध गाउँपालिका–६ का १२८ घरधुरीमा ५० वाटको सोलार जडान गरिएको वडाध्यक्ष नुर्बु डम्डुल गुरुङले जानकारी दिए  ।

कादुरी नामक संस्थाको सहयोगमा वडाका सम्पूर्ण घरधुरीलाई निःशुल्क सोलार प्रदान गरिएको उनले बताए । संस्थाले सोलार खरिद गरिदिएर जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरसम्म ढुवानी गरिदिएको थियो ।

यसपछि स्थानीय आफैँले सोलार ढुवानी गरेका थिए । सोलारले दैनिकीमा सजिलो भएको स्थानीयवासी सेनाङ लामाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस