अमेरिकी तल्लो सदनबाट बन्दुक नियन्त्रण विधेयक पारित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अमेरिकी तल्लो सदनबाट बन्दुक नियन्त्रण विधेयक पारित


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले फराकिलो दायराको बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ ।

टेक्सास र न्यूयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको छ ।

यसले १५ राउन्डभन्दा बढी क्षमता भएका गोला बारुद बिक्री निषेधका लागि अनुमति दिएको छ । विधेयकको पक्षमा २२३ जनाले मतदान गरेका थिए ।

अब कानुन बन्न माथिल्लो सदन सिनेटबाट पारित हुनुपर्छ । तर, माथिल्लो सदनबाट पारित हुने सम्भावना कम रहेको बताइएको छ ।

तर, सदनमा विधेयक पारित भएपछि डेमोक्रयाटिक पार्टीका सांसदहरूलाई मतदातालाई सकरात्मक सन्देश पठाउने मौका मिल्नेछ । यसै वर्षको नोभेम्बरमा मध्यावधि निर्वाचन हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस