नारायणगढ-मुग्लिन सडक अवरुद्ध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नारायणगढ-मुग्लिन सडक अवरुद्ध


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । पहिरोले मुग्लिन-नौबिसे र मुग्लिङ-नारायणगढ सडक अवरुद्ध भएको छ।

गए राति पहिरो खस्दा मुग्लिन-नौबिसे सडकखण्डस्थित इच्छाकामना गाउँपालिका नाग्दीखोलामा सडक अवरुद्ध भएको छ।

यस्तै मुग्लिन-नारायणगढ सडकखण्डको नाम्सी पुलमा सडक अवरुद्ध भएको छ। आज बिहान करिब ४ बजेतिर पहिरो खसेको थियो।

पहिरो हटाएर सडक खोल्ने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस