त्रिविमा नेविसंघले लगाएको ताला तोडिदिने अखिलको चेतावनी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

त्रिविमा नेविसंघले लगाएको ताला तोडिदिने अखिलको चेतावनी


२५ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा ५ महिनादेखि लगाएको ताला तीन दिनभित्र खोलेर नियमित रुपमा पठनपाठन नगराए अनेरास्ववियुले ताला फोरेर विश्वविद्यालय संचालन गर्न सहयोग गर्ने चेतावनी दिएको छ ।

त्यसपछि उत्पन्न परिस्थिति सामना गर्न आफूहरू तयार रहेको पनि अनेरास्ववियुले जनाएको छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

नेविसंघले त्रिविमा लगाएको ताला गत साता नेकपा क्रान्तिकारीका कार्यकर्ताले खोलिदिएका थिए । तर नेविसंघले त्यसको भोलिपल्ट नै फेरि ताला लगाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस