काठमाडौँको रञ्जना गल्लीमा भेटियो पुरुषको शव « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

काठमाडौँको रञ्जना गल्लीमा भेटियो पुरुषको शव


२५ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४, रञ्जना सोडा गल्लीमा एकजना पुरुषको शव भेटिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार टेकु घर भएका ३४ वर्षीय सुरेन महर्जनको शव भेटिएको हो ।

बुधबार बिहान साढे ६ बजे स्थानीयवासीले एक जना पुरुष अर्धचेत अवस्थामा देखेको भन्दै प्रहरी कन्ट्रोल १०० मा फोन गरेका थिए । लगत्तै प्रहरी टोली पुग्दा महर्जन मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको छ ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस