सडक विभागको महानिर्देशकमा पुनः थापा नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सडक विभागको महानिर्देशकमा पुनः थापा नियुक्त


२५ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । सडक विभागको महानिर्देशकमा पुनः अर्जुनजंग थापा नियुक्त भएका छन् । यसअघिका महानिर्देशक शिवहरि सापकोटाले १७ वैशाखमा अवकास पाएसँगै थापा पुनः महानिर्देशक नियुक्त भएका हुन् ।

विभागका योजना महाशाखा प्रमुख तथा निमित्त महानिर्देशक शिव नेपाल र एडिबी निर्देशनालय प्रमुख अर्जुनबाबु ढकाल पनि महानिर्देशकको दाबेदार थिए ।

गत पुसमा महानिर्देशक रहेका थापालाई मन्त्रालयमा सरुवा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सापकोटालाई महानिर्देशक बनाएकी थिइन् ।

सापकोटाले अवकास पाएपछि पुनः थापाले महानिर्देशक बन्ने अवसर पाएका हुन् । विभागको रोलक्रमअनुसार नेपाल अघि भएपनि थापा सडक विभागमा दोस्रो कार्यकाल महानिर्देशक बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस