काठमाडौँको फोहोरबारे एमालेले माग्यो मन्त्री झाँक्रीको जवाफ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँको फोहोरबारे एमालेले माग्यो मन्त्री झाँक्रीको जवाफ


२५ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनबारे भइरहेका कामको जानकारी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीबाट जवाफ मागेको छ ।

प्रतिनिधिसभाको आज (बुधबार)को बैठकमा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौँ दुर्गन्धित भइरहेको भन्दै फोहोर उठाउने र व्यवस्थापन गर्नेबारे के काम भइरहेको हो भन्दै प्रश्न गरेका थिए । उनले प्रत्येक ५०-५० मिटरमा फोहोरको डंगुर र थुप्रो भइरहेको भन्दै जवाफ माग गरेका हुन् ।

अन्तर्राष्ट्रिय नियोगमा पनि बदनाम भइसकेको छ । कूटनीतिक नियोगहरूले काठमाडौँ दुर्गन्धित भएकाले सम्भावित सङ्क्रमणबाट जोगिनका लागि अनावश्यक रूपमा सहर बजारमा ननिस्किन आन्तरिक सर्कुलर गरेको मैले बुझिरहेको छु, उनले भने ।

काठमाडौँका जनताले गरिरहेको धीरताको ख्याल गरेर सरकारले समयमा ख्याल गर्नुपर्ने बताए । फोहोर आतङ्क जनताले धैर्य गरिरहेको छ, उनले भने, यस विषयमा सरकारले के हेरिरहेको छ ? तत्काल फोहोर उठ्छ कि उठ्दैन ? यस विषयमा तालुकदार मन्त्रीको जवाफका लागि सभामुखबाट रुलिङ चाहन्छु ।

काठमाडौँको फोहोर उठाउने तालुकदार मन्त्रालय सहरी विकास मन्त्रालय हो । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले संसद्मा जवाफ दिनुपर्ने एमालेका काठमाडौँबाट निर्वाचित सांसद श्रेष्ठको माग थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस